क्रान्तिकारीले दियो मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी (विज्ञप्ति सहित)

काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी) ले मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी दिएको छ ।शुक्रवार सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै एमबिबिएसका विद्यार्थीहरुबाट नियम विपरित शुल्क असुली गर्ने विभिन्न कलेजहरु विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी दिएको हो ।

‘काठमाण्डौँ विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाण्डौँ मेडिकल कलेज सिनामंगल तथा मेडीकल माफिया सुनिल शर्मा, मणिपाल मेडीकल कलेज र नोवेल मेडीकल कलेजले विद्यार्थीहरुबाट नियम विपरित, स्वेच्छाचारि र लुटेरा तरिकाले लाखौँ रकम ठगीरहेको तथा विद्यार्थी र अविभावकहरुमाथी नियम विपरित गरेको अन्यायपुर्ण व्यवहार र रवैया प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । मेडीकल माफिया सुनिल शर्मा तथा अन्य मेडीकल कलेजहरुको यो हर्कतको हाम्रो संगठन घोर निन्दा गर्दछ ।, विज्ञप्तिमा उल्लेख छ ।’

साथै विज्ञप्तिमा चिकित्सा शिक्षा आयोग, सम्वन्धित विश्वविद्यालय, स्थानिय प्रशासन, विद्यार्थी संगठन, अविभावक र सम्वन्धित विद्यार्थीहरु कसैको पनि कुरा नसुनी निती नियम, निर्देशन र अनुशासनको गम्भिर उलंघन गरिरहेका मेडीकल कलेजलाई विद्यार्थीहरुका माग पुरा गर्न, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न पनी जोडदार माग गरिएको छ ।

त्यस्तै होस्टेलमा बस्ने/नबस्ने विषय ऐछिक र विद्यार्थीको स्वनिर्णय हुने र विद्यार्थीले सम्पुर्ण शुल्कहरु विश्वविद्यालयमा नै एकमुष्ट वुझाईसकेको अवस्थामा चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र स्थानिय प्रशासनको स्पष्ट निति र निर्देशन हुँदाहुदै मेडीकल कलेजहरुले गरिरहेको अटेटी र ठगिको हामी भ्रत्सर्ना गर्दछौँ । साथै मेडीकल कलेज प्रशासनलाई विद्यार्थीका मागहरु पुरा गर्न र निर्देशक निकायहरुका निर्देशनहरुलाई इमान्दारिताका साथ पालना गर्न माग गर्दछौँ । अन्यथा हामी विद्यार्थी र अविभावकहरुको अधिकारका पक्षमा जुनसुकै स्तरको संघर्षमा उत्रिने चेतावनी पनि दिन चाहछौँ र उक्त परिस्थितिको जिम्मेवार स्वयं मेडीकल माफियाहरु हुने विषय पनि स्पष्ट पार्दछौँ ।

यस्तो छ विज्ञप्ति