जनमतसंग्रहको लागी देश ढौडाहमा विद्यार्थीहरु

रुपन्देही, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थी जागरण अभियान-२०७८ देशव्यापी रुपमा अघाडी बढाएको छ ।

‘वैज्ञानिक समाजवादी व्यावस्था र शिक्षाका लागि जनमतसंग्रह’ भन्ने मुल नाराका साथ देशव्यापी सन्चालन गरिएको विद्यार्थी जागरण अभियान सन्चालन गर्न सङ्गठनका नेताहरु देश दोडाहमा छन् ।

वर्तमान अव्यावहारिक र अवैज्ञानिक शिक्षा प्रणालीलाई निर्देशित गरेको बर्तमान संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यावस्था स्थापना गर्न जनमतसंग्रह गरिनुपर्ने माग गरिरहेका छन् ।

विभिन्न जिल्लामा गएर विश्वविद्यालय तथा क्याम्पसमा स्तरकका प्राध्यापक र विद्यार्थीहरु संग वर्तमान राजनितीक प्रणालीमा देखिएको संकटको अग्रगामी निकास गर्न व्यावस्था परिवर्तन गर्न आफ्नो पार्टीले अघाडी सारेको जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादको बिषयमा व्यापक बहस चलाका छन् ।

त्यसै अभियान अन्तर्गत अन्तर्गत आज अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समन्वय समितीको अभियान टोलिले भैरहवाको रुपन्देही क्याम्पसका प्रमुख तथा प्राध्यापक र विद्यार्थीहरु संग छलफल गरेको छ ।

अभियानकै क्रममा अक्षरशिला यादवको नेतृत्वमा अखिल (क्रान्तिकारी) रुपन्देही मुल इकाई समिती गठन समेत गरिएको छ । जसको उपाध्यक्षमा रहमान अलि खान, सचिव दिव्या मिश्रा, सह-सचिव विजया लक्ष्मी लोढ र कोषाध्यक्षमा मनिष यादव सहित २३ सदस्य इकाई समिती गठन गरिएको छ ।

विद्यार्थीहरुले व्यावस्था परिवर्तनको अभियानमा लागेको संगठनमा आवद्धहुन पाउँदा खुषीको अनुभुती गरेको बताए । उनिहरुले संगठनमा आबद्ध भएर शिक्षा क्षेत्रमा भएका तमामखाले विकृती र विसंगतिको विरुद्ध आवाज उठाउनुका साथै जनताको जनजिविका र राष्ट्रिय स्वाधीनताको बिषयमा पनि आवाज बुलन्द गर्ने वताए ।