कर्णालीका दश जिल्लाका सिडियोलाई विद्यार्थीले बुझाए ज्ञापनपत्र

बिरेन्द्रनगर, कर्णाली प्रदेश अन्तर्गतका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एकैसाथ ज्ञापनपत्र बुझाइएको छ ।

विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिहिवार कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष ५ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

सरकारले सार्वजनिक यातायातको भाडामा बिद्यार्थी, जेष्ठ नगरिक तथा अपांगता भएका नागरिकलाई भाडा दरमा कानुनी रुपमा सहुलियत नदिएकोले ज्ञापनपत्र बुझाएको संगठनका कर्णाली प्रदेश इन्चार्ज प्रेम बहादुर शाहीले जानकारी दिए ।

हामीले सुर्खेत, रुकुम पश्चिम, जुम्ला, दैलेख, कालिकोट, जाजरकोट लगायत कर्णाली प्रदेशका सबै जिल्लामा आज मागपत्र बझाएको बताउदै उनले जायज मागहरूको सरोकारवाला पक्षले सुनुवाइ नगरिएको खण्डमा प्रदेशभर शसक्त रुपमा संघर्ष गरिने चेतावनी समेत दिए ।

उनले नेपाल सरकार र सयुक्त विद्यार्थी संठन बिच भएको सहमतिलाई तत्काल कार्यान्वयन गरी यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत भाडामा सहुलियत कार्यान्वयन गरिनुपर्ने बताए ।

गुणस्तरहिन र मापदण्ड नाघेका यातायात साधनको तत्काल अनुगमन गरी त्यस्ता साधन संचालनमा रोक लगाईनुपर्ने, यातायातमा हुने दुर्घटनालाई रोक्न तत्काल सडकको बैज्ञानिक स्तरबाट अध्ययन गरी सडक निर्माण तथा मर्मत गरिनुपर्ने, प्रत्येक जिल्ला भित्र रहेका मुख्य सार्वजनिक स्थानहरु व्यबस्थित र मर्यादित बनाउन सम्बन्धित निकायले बिशेष जोड दिनुपर्ने लगाएतका मागहरु राखिएको छ ।

ज्ञापनपत्रमा छात्राको आत्मरक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न सम्बन्धित निकायले पहल गर्म समेत माग गरिएको छ ।

स्तो छ मागपत्र