विद्यार्थीहरुले गरे प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ

नेपालगन्ज, सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दैँ जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी सङ्गठनले बिहिवार जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका हुन् ।

सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने माग गर्दै आएका छन् ।

चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना सहित बिरोध प्रर्दशन गरेका छन् ।

विद्यार्थीहरुले केही दिन अघि मात्रै यातायात व्यावस्था कार्यालय बाँकेमा भाडामा सहुलियत कार्यान्वयनको माग गर्दैँ एक घण्टा कामकाज ठप्प हुने गरेर विरोध प्रर्दशन गरेका थिए ।

सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित सहुलियतको व्यवस्था गरेको लामो समय भैसक्दा पनि उपत्यका बाहेकका जिल्लामा यसको कार्यान्वयन हुन सकेको छैन् ।