यातायात व्यवस्था कार्यालय बाँकेमा विद्यार्थीहरुले गरे प्रर्दशन (तस्विर सहित)

काेहलपुर, यातायात व्यवस्था कार्यालय भेरी, बाँकेमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । संयुक्त विद्यार्थी सङ्गठनले सोमबार नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्ना दिएका हुन् ।सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई दिएको ४५ प्रतिशत, ६० बर्ष पुगेका जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई आरक्षण सहित ५० प्रतिशत छुटको कार्यान्वयन गर्न माग गर्दैँ धर्ना सहित विरोध प्रर्दशन गरेका हुन् ।उनिहरुले एक घण्टा यातायात व्यवस्था कार्यालयको कामकाजलाई समेत ठप्प पारेर धर्ना दिएका थिए । साथै आफुले उठाएका जायज मागहरुलाई सरोकारवाला निकायले वेवस्था गरे थप कडा संघर्षमा जान बाध्य हुने पनि विद्यार्थी नेताहरुले बताएका छन् ।साथै उनिहरुले यातायात व्यवस्था कार्यालयमा हुने बिचौलिया पर्थाको अन्त्य गर्न आम नागराहरुलाई सहज रुपमा सेवा लिने वातावरण निर्माण गर्न पनि उनिहरुले माग गरेका छन् ।आन्दोलनरत विद्यार्थी सङ्गठनहरुमा विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी), जसपा निकटको समाजवादी विद्यार्थी यनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) रहेका छन् ।