यसकारण पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित

काठमाडौं, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी निलम्बनमा परेका छन् । शुक्रबार बसेको पर्यटन बोर्डको बैठकले निलम्बन गरेर रेग्मीमाथि लागेको आरोप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

रेग्मी निलम्बनमा परेसँगै वरिष्ठ निर्देशक नन्दिनी थापा लाई कायमुकायम सिइओको जिम्मेवारी तोकिएको छ । कात्तिक २७ गते बेलायतबाट फर्कने क्रममा रेग्मीले भन्सारका कर्मचारीमाथि हातपात गरेको आरोप छ ।

६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका थिए ।