विद्यार्थीलाई भाडामा ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै यातायात कार्यालयमा ज्ञापनपत्र

बाँके, विप्लव नेतृत्वको नेकपा निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्न माग गर्दै यातायात व्यवस्था कार्यालय, भेरी बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

आईतबार सङ्गठनका केन्द्रिय समिती सदस्य तथा इन्चार्ज डिबि शाही, बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्री लगायत विद्यार्थी नेताहरुको टोलीले यातायात व्यवस्था कार्यालय भेरी, बाँकेका कार्यालय प्रमुख पुरुश्वतम पौडेल समक्ष ज्ञापनपत्र बुझाएको हो ।

सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई आरक्षण सहित ५० प्रतिशत छुटको व्यवस्था गरे पनि जिल्लाबाट लामो तथा छोटो दुरीमा सन्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा उक्त वर्गका कुनै पनि नागरिकलाई छुट नदिएको प्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । साथै यसको कडाइपुर्बक कार्यान्वयन गर्न गराउन र समयसमयमा सो को अनुगमन गर्न समेत सङ्गठनले माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँके सहितका कार्यालयलाई बोधार्थ सहित ७ दिनको समयसीमा भित्र उपरोक्त मागहरूलाई कार्यान्वयन नगरै सङ्गठनले कडा संघर्षका कार्यक्रम सन्चालन गर्न बाध्य हुने चेतावनि समेत दिएको छ ।

यस्तो छ ज्ञापनपत्र