नेपालगन्जबाट राडिबजारका लागी छुटेको बस दुर्घटना, ५ जनाको मृत्यु

जाजरकोट, जाजरकोटको कुदुमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

नेपालगन्जदेखि जाजरकोटको राडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर भेरी नगरपालिका १३  कुदु बराह चौक नजिक दुर्घटना भएको हो। दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ । घटनाको थप विवरण आउन बाँकी छ।