भारतका विभिन्न स्थानमा यातायात सेवा संचालन गर्दै जनसम्पर्क टुर्स एण्ड ट्राभल्स

नेपालगन्ज, जनसम्पर्क टुर्स एण्ड ट्राभल्स प्रालि कम्पनीले नेपालगन्जबाट भारतका विभिन्न सहरका लागि व्यवसायिक रुपमा यातायात संचालन गर्ने भएको छ ।

कम्पनीको आज एक कार्यक्रमबिच नेपालगन्जमा कार्यालयको स्थापना गरिएको छ । नेपालगन्ज ४, बसपार्कको गेट अगाडी उक्त कम्पनीको कार्यालय संचालनमा ल्याइएको हो ।

नेपालगन्जबाट भारतका दिल्ली, चन्ढिगड, हरियाणा, हरिद्वार, देहरादुन, शिमला, ठियोग, रोहडु, कोटखाई, रामपुर, किनौर, कुल्लु, मनाली, लेह, लद्दाख लगायतका ठाउँ सम्म यातायात सेवा संचालन गरिएको कम्पनीका अध्यक्ष महेन्द्र प्रकाश चन्दले जानकारी दिए ।

यात्रुहरुलाई नेपालबाट भारतका विभिन्न स्थानमा पुर्‍याउन र उतावाट नेपाल ल्याउन सहज र सरल रुपले बिश्वासिलो ढंगले सुविधायुक्त साना ठुला गाडीहरुबाट सेवा दिइने उनले बताए । आफुहरुले अरु कम्पनी भन्दा फरक तरिकाले यात्रुलाई सुविधाजनक सेवा दिनका लागि सेवा संचालन गरेको उनले बताए ।

सरकारसंग अनुमति लिएर कम्पनी संचालन गरेको भन्दै उनले यात्रुहरुलाई बिचौलिया र दलालबाट सचेत रहन आग्रह गरे । साथै उनले कम्पनीको परिचयपत्र भएका कर्मचारीको मात्र विश्वास गर्न उनले यात्रुहरुलाई अनुरोध गरेका छन ।

सेवाका लागि नेपालमा ९८२२४६९६३४ र भारतमा ००९१९८०५६५२५०७ नम्बरमा सम्पर्क गर्न सकिने चन्दले जानकारी दिए ।