जीओ इनटेरियर चेसको तयारी पुरा

काठमाडौं, जी.ओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता शुक्रबार र शनीबार थापाथली चेस पार्कमाहुने भएको छ । प्रतियोगितामा १ सय ५० जना खेलाडीको सहभागिता रहने छ ।
आयोजक जीओ इन्टेरियरका प्रमुख वीरेन्द्र शमाले प्रतियोगिताले नेपाली चेसको विकासमा थप सहयोग हुने विश्वास रहेको वताए ।

प्रतियोगिता आयोजनामा थापाथली चेस पार्कका उपाध्यक्ष भरत धिमालको पनि महत्त्वपूर्ण सहयोग रहेको छ । प्रतियोगिताको लागत २ लाख ८० हजार रुपैयाँ रहेको छ ।

प्रतियोगिताको उपाधिविजेताले १५ हजार रुपैयाँपाउने छन् भने उपविजयीले ८ हजार रुपैयाँतथा तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता स्विस प्रणालीमा नौ राउन्डको हुने छ ।

प्रतियोगिताको पे मेन्ट पार्टनर प्रभु पे रहेको छ । यसैगरी, राइड सेयरिङ पार्टनर साहरा राइड रहेको छ । फुड पार्टनर लस्कर रहेको छ । ब्रीभेज पार्टनर आरसीकोलातथा हस्पीटलीटी पार्टनर होटल ऋतु मोरिया छन् । बैंकीङ पार्टनर एनएमबी बैंक रहेका छन् ।