विप्लव नेकपाद्धारा नेपालगन्जमा मोटरसाइकल र्याली

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म बिभिन्न कार्यक्रम गर्दै मनाउने निर्णय आज नेपालगन्जमा बृहत मोटरसाईकल र्याली सम्पन्न गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई कार्यक्रमको निर्देशन जारी गरे अनुसार आज सोमबार ६ गते नेपालगन्जमा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको हो ।

नेपालगन्जको झम्बोजी चोकबाट शुरु भएको र्याली बिपिचोक हुँदेँ, गणेशमान चोक, चारबाहीनी चोक, भेरी हस्पिटल, एकलहिनी, सेतुविक चोक र न्युरोड परीक्रमा गर्दै पुष्पलाल चोकमा पुगी कोण सभामा परीणत भएको थियो । कोर्ण सभालाई नेकपाका युवा नेता तथा बाँके जिल्ला सेक्रेटरी अनिल खड्काले सम्बोधन गरेका थिए । र्यालीमा पार्टीका केन्द्रीय समिती सदस्य तथा बाँके जिल्ला इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’ लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

पार्टी पुनर्गठन दिवसको उत्सवमा निकालिएको उक्त र्यालीमा नेकपा जिन्दावाद !, दैनिक उपभोग्य बस्तुमा भएको महङ्गी फिर्ता गर !, एकीकृत जनक्रान्ति जिन्दावाद !, महान सहिद अमर रहुन् !, वेपत्ताको खोजी गर !, बैज्ञानिक समाजवाद जिन्दावाद !, दलाल संसदीय ब्यवस्था खारेज गरौँ जस्ता नाराहरु लगाईएको थियो ।

यस्तै कार्यक्रम अन्तर्गत मंगलवार ७ गते नेपालगन्ज उद्योग बाणिज्य संघको हलमा चियापान तथा भेटघाट कार्यक्रमक आयोजना गरेको छ ।