बाँकेको खैरीखोलामा भेटियो बम

नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ खैरीखोला नजिकै बेवारिसे अवस्थामा सकेट बम फेला परेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी रविन्द्र खनालका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोला खण्डमा सकेट बम फेला परेको हो ।

राजमार्गदेखि २० मिटर दक्षिणमा बम फेला परेको प्रहरीले बताएको छ । स्थानीयले खिया लागेको बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । राँझाबाट गएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको प्रहरीले बताएको छ ।