जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई सहयोग
कोहलपुर, बाँके कोहलपुरकी एक युवतिले आफ्नो जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई सहयोग गरेकी छन् ।
दैलेख घर भई हाल कोहलपुर नगरपालिका ११ बस्ने पशुपति थापाले शनिवार आफ्नो जन्मदिनको अवसर पारेर कोहलपुर नगरपालिकामा रहेको प्रबृद्ध ज्येष्ठ नागरिक मंञ्चलाई ५ हजार आर्थिक सहयोग गरेकी हुन् ।
पछिल्लो समय तडकभडक रुपमा जन्मदिन मनाउने परम्परालाई छोड्दै फजुल खर्च कटाएर सेवा मुलक संस्थामा सहयोग गरेर युवा पुस्तामाझ नमुना योग्य काम गरेको मंञ्चकी अध्यक्ष डम्बर कुमारी घिमिरेले बताइ्न । साथै उनले अरु सबैले पनि भिभिन्न अवसरमा फजुल खर्च नगरी यसरी नै सेवामूलक कार्यमा लगाउन प्रेरित गर्नुपर्ने बताइन् ।
आफ्नो जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकहरुको हितमा थोरै भएपनी सहयोग गर्न पाउँदा उत्साहित भएको थापाले बताइन् । अब आफु पनि सेवामूलक काममा अग्रसर रहने बताउँदै उनले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताएकी छन ।

