चीनले गर्यो पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण

ताइयुवान, चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ ।

गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्षित कक्षमा प्रवेश गरेको थियो । प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृंखलाको ३९५औं उडान मिसन थियो ।

चाइनिज एकेडेमी अफ साइन्सेजद्वारा विकसित उपग्रह एसडीजीएसएटी–१ विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो, जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति समर्पित छ ।

तीनवटा अप्टिकल पेलोडसहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकासबीचको अन्तरक्रियाको अनुगमन, मूल्यांकन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ । रासस / सिन्ह्वा