पार्टीको सार्वभौम नितिअनुसार म मन्त्री बन्छु : सांसद शाह

सुर्खेत, कर्णाली प्रदेश सांसद कृष्णा शाहले पार्टीको सार्बभौम नितिअनुसार आफु मन्त्री पक्का भएको दावी गरेकी छन । मन्त्री शाहले पार्टीले महिलाहरुलाई प्राथामिक्तामा राखेका कारण र आफु मन्त्रीको दाबी रहेको बताएकी हुन ।

कुसेन्युजसंगको कुराकानीमा मन्त्री शाहले भनिन् पार्टीले न्याय गर्छ भन्ने मैले सोचेकी छु । यो महिलाहरु प्रतिको दृष्ट्रिकोण पनि हो । उनले भनिन् सबै सांसदहरुको पालो पुगिसकेकाले आफु पक्का भएको उनको भनाई रहेको छ ।

कर्णालीमा नयाँ सरकार गठन प्रकृया अघि बढेसँगै माओवादीमा मन्त्री हुनेको नाम पनि चर्चामा आउन थालेको छ ।

चार मन्त्रालयको दाबी गर्दै आएको माओवादीले सरकारमा नयाँ व्यक्तिलाई मौका दिने भनेपछि मन्त्री बन्ने आकांक्षीको संख्या बढ्दै गएको छ ।

यतिबेला माओवादीमा गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री पदमा पुनः दोहोर्याउनु पर्ने दबाब पनि रुकुम पश्चिममा बढ्दै गएको छ । तर, रुकुमले यसअघि नै दुई वटा मन्त्री पाइसकेकोले अन्य ठाउँबाट मन्त्री बनाउने पर्ने दबाब बढ्न थालेपछि रुकुमबाट शर्मा पुनः दोहोरिने सम्भावना कमै छ । नाम उल्लेख नगर्ने शर्तमा माओवादीका एक नेताले रुकुम बाहेकका जिल्लाबाट मन्त्री बनाउने कसरत माओवादीमा भइरहेको जानकारी गराएका छन् ।

माओवादीबाट मन्त्री बन्नेमा यतिबेला विन्दामान विष्ट, डोल्पाका वीरबहादुर शाहीको नाम पनि उत्तिकै चर्चामा छ । माओवादीले तीन मन्त्रालय पाएकोमा गणेशप्रसाद सिंहले मन्त्रीको दाबी गरेका छन । त्यस्तै महिलाको तर्फबाट कृष्णा शाह मन्त्रीको पक्का दाबेदारी रहेको स्रोतले जनाएको छ ।
माओवादीको उच्च स्रोतका अनुसार बिन्दमान बिष्ट, वीर बहादुर शाही, कृष्णा शाह र गणेशप्रसद सिंह करिबकरिब पक्का भैसकेको बताइएको छ ।