प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच भेटवार्ता

काठमाडौँ, कोप–२६ मा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेबीच मंगलबार ग्लोस्गोमै साइडलाइन वार्ता भएको छ ।देउवा प्रधानमन्त्री बनेपछि सार्क सदस्य राष्ट्र श्रीलंकाका राष्ट्रपतिसँगको यो पहिलो भेट हो ।

भेटका अवरमा द्वीपक्षीय हित तथा सांस्कृतिक आदानप्रदानका विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्कटल्याण्डमा रहेका प्रधानमन्त्री देउवाले मंगलबार भारत, मंगोलियालगायतका राष्ट्र तथा सरकार प्रमुखहरु र विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरुसँग साइडलाइन वार्ता गरेका छन् ।