युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली चयन भएका छन् ।आइतवार दाङको तुलसीपुरमा आईतवार सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले पाटन जंगलीलाई अध्यक्षमा चयन गरेको हो ।

कार्तिक १४ र १५ गते दुई दिनसम्म तुलसीपुरमा चलेको सम्मेलनले ७१ सदस्यीय केन्द्रीय समिती निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा दिनेश, महासचिवमा बिदुसी, सचिवमा तिलक र कोषाध्यक्षमा विश्लेषण रहेका छन् ।