बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

काठमाडौं, नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाजमा बँदेल ठोक्किएको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान जहाजमा बँदेल ठोक्किएर दुर्घटनामा भएको हो ।

सीता एयरको जहाज हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको थियो । दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल छन् ।

जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको छ ।