माहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर

नेपालगञ्ज, मधेश मानव अधिकार गृह ‘माहुरी होम’ को अध्यक्षमा दिनेश ठाकुर चयन भएका छन् ।नेपालगन्ज उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँकेका युवा पत्रकार दिनेश ठाकुरलाइ अध्यक्षमा चयन गरेको हो ।

बैठकले ठाकुरलो अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु हमाल, सह-सचिवमा शिव जायसवाल र कोषाध्यक्षमा बिनयराज त्रिपाठी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शुक्रऋषी चौलागाई, सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, र पवन जायसवाल रहनुभएको छ ।

मधेश मानव अधिकार गृह ‘माहुरी होम’ आसन्न केन्द्रीय अधिबेशनका लागी बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय पनि बैठकले गरेको छ ।