प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्ट धिताल

नेपालगन्ज, प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्ट धिताल निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न प्रेस सेन्टर नेपाल, बाँकेको चौथो अधिवेशनबाट पत्रकार डक्ट धिताललाई सर्वसम्मत अध्यक्षतामा निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा राजेश आचार्य र आलम खानलाई निर्वाचित गरिएको छ । साथै सचिबमा संगीन शर्मा, सह-सचिब केपी घिमिरे, कोषाध्यक्षमा चन्द्र बहादुर बोहोरालाई निर्वाचित गरिएको छ ।

त्यस्तै सदस्यहरूमा सुदिप लामिछाने, पहल केसी, कबिन्द्र परियार, निरज सिंह, विवेक रेग्मी, सुशिला शर्मा, बिपिन खड्का, शुभाखर बिक, बसन्ती परियार, अशरद अलि रङरेज, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहु र ममता थापा निर्वाचित भएका छन् ।