उत्तर कोरियाली नेता किम जोङ उनले भने- अजेय सैन्य शक्ति निर्माण गर्छौं

काठमाडौं, उत्तर कोरियाली नेता किम जोङ उनले अजेय सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै किमले सैन्य शक्तिलाई अहिलेको भन्दा पनि शक्तिशाली बनाउने घोषणा गरेका हुन् ।

आफ्नो सैन्य शक्ति अजय भए अमेरिकाले आफूहरुविरुद्ध कुनै तनाव पैदा नगर्ने उनले बताए । उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम अहिलेसम्म अमेरिकाले नचालेको आरोपसमेत उनले लगाएका छन् । वाशिंगटन र सियोलकाबीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन्, ‘आफ्नो अजय सैन्य शक्ति निर्माणका लागि सञ्चालन हुने अभियान दक्षिण कोरिया, वाशिंगटन वा अरु कतैतिर लक्षित नहुने स्पष्ट पारेका छन् । ‘अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन,’ किमले भने ।

सत्तारुढ वर्कर्स पार्टीको ७६ औं वार्षिकोत्वका अवसरमा उत्तर कोरियाले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा केही नयाँ हतियार सहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका छन् ।

सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ । कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरियाविरुद्ध लक्ष्यित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन् । उनले अमेरिकाले गलत निर्णय र क्रियाकलापद्वारा तनाबको स्थिति सिर्जना गरिरहेको आरोप लगाएका छन् । एजेन्सी