वाईसिएल नेपालगन्जको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा इमाम खाँ

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटको युवा सङ्गठन योङ कम्युनिस्ट लिग(वाईसिएल), नेपालको नेपालगन्ज उपमहानगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

आईतबार सम्पन्न वाईसिएल उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनले इमाम खाँको नेतृत्वमा ४५ सदस्यीय नगर समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा विकाश भुजेल, रोशन थापा, मेवुब अली शेष, सचिवमा विवेक राना, सह-सचिवमा ताहिर शेष राई, सोममाया घलान, विवेक वली, सपाना वारी र कोषाध्यक्षमा अमर वंशाकार चयन भएका छन ।

कार्यक्रममा माओबादी केन्द्र बाँकेका संयोजक आइपी खरेल, क्षेत्र न.२ का ईन्चार्ज अतहर हुसैन फारुकी, नगर इन्चार्ज अक्कल बहादुर बम, अगर अध्यक्ष डिल्ली बराल, सचिव आदेश अग्रवाल, लुम्बिनी प्रदेश सदस्य नबीन शर्मा, नेत्री कस्मिरा खातुन लगायतका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।