मैले चिन्न नसकेको म

जीन्दगीको यात्रामा बेलैमा आफुलाई चिन्न सक्नु पनि एक कठिन काम पो रहेछ। जब मेरो मनभित्रको ‘म’ले म को हु भन्ने आभास गर्दैन, आफ्नो मार्ग निर्देशन आफै कोर्दैन र त यहाँ आफुले आफुलाई खोज्न पर्ने स्थिती सिर्जना हुदो रहेछ। आफैलाई एक अन्वेषणमा राखी अन्तिम नतिजाको निष्कर्षमा पुगिदो रहेछ।  अनि आफुलाई चिनेपछी आफू हुनुको सार्थकताको भान मनभित्र ताजा भैरहने र त्यो शक्ति, शाहस अनि अठोटले पो पुर्ण जीन्दगीको परिभाषा दिने रहेछ ।

भनिन्छ  ‘जीन्दगीको एक अबिस्मरणिय अनि सुन्दर र रमाइलो क्षण बाल्यकाल जति अरु हुदैन ।’ मेरो नि बाल्यकाल यस्तै रमाइलो पारामा बुवा मुवा, साथी , भाईसङ खेल्दै हास्दै बित्यो । आफ्ना चाहना अनि आकाङ्क्षा सबै पूरा हुने त्यो काल, न केही समस्या न केही पिर , ब्यथा आहा कति रमाइलो।तर समयले रोक्ने रैनछ । उ आफ्नो गतिमा हामीलाई नि यात्रामा लिदै अघि बढ्ने रहेछ। त्यही यात्रामा म नि हिड्न खोज्दै थिए। सानैदेखी केही बढी बोल्ने अनि चनचले स्वभाव ममा झल्किरहन्थ्यो। मैलेआधारभुत तहको पढाइ आफ्नै गाउँमा सके। मलाई अझै नि याद छ कक्षा ७ मा सामाजिक अध्यन  बिषय पढ्दै गर्दा गुरुले सोधेको त्यो रमाइलो तर गहिरो प्रश्न रु नानीबाबुहरु तिमीहरु भबिस्यमा के बन्छौरु सबैले आ -आफ्नो उत्तर दिए डक्टर, पाइलट , इन्जिनियर , नेता, Business man पालो आयो मेरो मलाई हतार भयो अब के भनु के अलि अलि फिलिम हेर्ने मान्छे भन्दिए  हिरो बन्ने सरू गुरु मुसुक्क हास्नु मात्र भो केही बोल्नु भएन। म भने आफ्नो कल्पनालोकमा पौडी खेलिरहेको हुन्थे ।हिरोइनलाई साथमा राखी नाचेको त्यो दृश्य अनि भिलेनसङ्को त्यो साउथ इन्डियन पाराले ड्याम्की ड्याम सबैलाई हराइदिने।

 समयसङै म नि केही बदलिदै गए मेरो स्कुल नि परिबर्तन भयो, नयाँ बातावरण नयाँ साथी, नयाँ गुरु , नयाँ चहलपहल अनि नयाँ यात्राको सुरुवाती भयो ।हिरो बन्ने सपना नि बिर्सिएछ पछि अब नेता बन्नपर्छ भन्ने मनमा अर्को उत्सुकता जाग्यो । बिस्तारै नेताको चर्को आलोचना अनि त्यो गाली सुन्दै गर्दा त्यो नि, त्यस्तै अलिअली गर्दै बिस्तारै कम हुँदै गयो। यस्तै खालका आफुले जे अरुलाई देख्यो त्यही बन्न मन लाग्ने त्यो उमेर नै त्यस्तो रहेछ।

 ९/१० कक्षा पनि त्यस्तैमा बित्यो ।पढाइ ठिकै चलिरहेको थियो अब फेरि अर्को समस्या आयो के पढ्ने , कता पढ्ने भन्ने सोच तर के बन्न्ने भन्ने सोच्नै बिर्सिएछ, जले जता जाम उतैतिर लाग्ने , अझ भनौ अरुको जस्तै गर्न पाए पुग्यो भन्ने सोच भयो।साथीहरुले जे पढ्यो त्यही पढम भन्ने भो। आफ्नो मनको सुनिएन बाहिरी मनले जे भन्छ त्यही ठिक भन्दै हिडियो। अर्कोतर्फ यो यात्रामा राम्रो मार्गनिर्देशन गर्ने पनि कोही नभएर होला सायद वा आफुले आफैलाई नचिनेर होला ।  उत्तम निर्णय लिन भने सकिएन। केही समय यताउता गर्दै बित्यो। त्यसपछी क्ष्क्ऋ पढ्ने तयारीमा लागियो। पढियो पनि जानेर भए नि रटेर भए नि । त्यो बखत पढाईलाई नै मुख्य मानी अघि बढियो। समय सङै क्ष्क्ऋ पनि भ्याइयो । अब फेरि यसपछी के गर्ने, कता जाने अर्को समस्या आइपुग्यो। धेरै सोचहरुले मनमा बहस गर्न थाले।तर निष्कर्ष भने निकाल्न सकेन। मलाई पछि आभास हुदै गयो कि, म अब के गर्छु तरु के बन्ने ? तब भने उत्तर थिएन । म त आफैसङ परिचित रहेनछु जस्तो लाग्यो, अब म को हो त भन्ने प्रश्न आफैलाई गर्न मन लाग्यो। म आफुलाई खोज्नतर्फ लागे । अझै खोज्दै छु तर अन्योलमा रुमालिदै छु र केही भेटाउदै।

सन्सारमा ठुला ठुला बिख्यात ब्यक्तीलाई चिन्नुभन्दा आफू भित्रको आफुलाइ बेलैमा चिन्न सके आफुलाई सन्सारले चिन्न पाउने रहेछ। आफ्नो त्यो सन्तुष्टि अनि खुसी नै काफी हुने रहेछ जीन्दगी चलाउन । त्यसैले मलाई केही चिन्न आफै यति समय लाग्यो अझ पुरै चिनजान हुन कति समय लाग्ने हो ? हजुरहरु नि बेलैमा आफुलाई चिन्नुस , घामको झुल्कोलाई बेलैमा स्वागत गर्नुस अनि आफैसङ राम्रो साथी बन्नुस जो अति आवश्यक हुदो रहेछ।

 रुकुम पश्चिम बाफिकोट १ पालाकोट