वाइसीएल जानकी गाउँपालिका-३ को अध्यक्षमा रामसरण यादव चयन

नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) निकटको भातृ सङ्गठनको भातृ सङ्गठन् योङ्ग कम्युनिस्ट लिग(वाइसीएल) जानकी गाउँपालिका वडा नं. ३ को अध्यक्षमा रामसरण यादव चयन भएका छन् ।मंगलबार सम्पन्न भेलाले रामसरण यादव(चन्दी)को नेतृत्वमा २९ सदस्य वडा समिती निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा दुर्गेस सिंह, राम वलि गडरिया, रामसुरत गडरिया, सचिव बिष्णु यादव, सह-सचिवमा सलमान शेष र कोषाध्यक्षमा लल्लुराम पसिलाई निर्वाचित गरिएको हो ।भेलाका प्रमुख अथिती नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सदस्य डम्बरबहादुर बिक ‘तुफान’ अतिथिमा नेकपा माओवादी केन्द्र जानकि गाउँपालिकापा अध्यक्ष अध्यक्ष लछाराम बर्मा, पार्टी सचिव नारायण गिरी वाइसीएल नेपालका केन्द्रिय समिती सदस्य रतन शाही, केन्द्रिय सदस्य किस्मत अलि शेष ‘जीत’, वाइसीएल बाँकेका संयोजक आकाश कार्की, जिल्ला कमिटी सदस्य बिजय बर्मा, बिनोद जैसवाल, सहदत अलि शेष लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।