सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष
तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् ।संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँ रातोपाटीलाई बताए ।

सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए । पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ । सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।

​सापकोटाले परामर्शका लागि बोलाउँदा यसअघि पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता नेम्वाङ पनि सहभागी भएका थिए । आजको बैठकमा एमालेबाट नेम्वाङ नै सहभागी हुने बुझिएको छ ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

यस्तो छ सभामुखले पठाएको पत्र