युवा सङ्गठन नेपाल, बाँकेको चौथो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा दीपक बुढाथोकी

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन, युवा सङ्गठन नेपाल, बाँकेको चौथो जिल्ला सम्मेलबाट अध्यक्षमा दीपक बुढाथोकी चयन भएका छन् ।आईतबार कोहलपुरमा सम्पन्न सम्मेलनले दीपक बुढाथोकीको नेतृत्वमा २३ सदस्य जिल्ला समिति निर्वाचित गरेको हो ।जसको उपाध्यक्षमा लक्ष्मण सुनार, सचिवमा प्रकाश शर्मा, सह-सचिवमा रामु चौधरी, बलु रोका मगर र कोषाध्यक्षमा विर्ख गिश्वकर्मा लगायत २३ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।सम्मेलनका प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउने, विशेष अथितीमा युवा संगठन नेपालका चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा भे-क ब्युरो इन्चार्ज विष्णु जि.सी ‘दीप’ को उपस्थिति रहेको थियो ।त्यस्तै अथितिहरुमा विशेष समिति सदस्य हिमशिखर, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य अन्जना, केन्द्रीय सदस्य पुर्णिमा, केन्द्रीय सदस्य तथा बाँके अध्यक्ष कल्पना रोकाय, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य डि.बि शाही, पुर्व केन्द्रीय सदस्य मदन चन्द, बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्रि, उपाध्यक्ष राकेश दाहाल, युवा संगठनका व्युरो सदस्य खड्क, पुर्व विद्यार्थी नेता तथा नेकपा बाँकेका युवा नेता धर्म बढुवाल लगायत पार्टीका तथा जवसका नेताहरूको उपस्थिति रहेको थियो ।सम्मेलनबाट अध्यक्षमा निर्वाचित दीपक बुढाथोकीले बाँके जिल्लाभित्रको भ्रष्टचार, सामाजिक विकृती र विसंगती, जुवातास, तस्करी, कालोबजारी, नेपाल-भारतसिमामा हुने मानवतस्करी र विभिन्न किसिमका माफियाहरू विरुद्ध सङ्घर्ष केन्द्रित गरिने बताए ।