नेपालगन्ज उपमहानगरपालिका-११ वाइसीएलको अध्यक्षमा राजन कश्यप

नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल नेपालगन्ज उपमहानगरपालिका-११ को अध्यक्षमा राजन कश्यप निर्वाचित भएका छन् ।शनिबार सम्पन्न वडा सम्मेलनले कश्यपलाई नेपालगन्ज उप-महानगरपालिका-११ को अध्यक्षमा निर्वाचित गरेको हो ।

वडा सम्मेलनबाट कश्यपको अध्यक्षता ३५ सदस्य वडा कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा जुनैद अलाम हल्वाई, सचिवमा रामिस इद्रीसी, सह-सचिवमा राजु रङ्गरेज र कोषाध्यक्षमा प्रेम नाथ सोनी सहित ३५ सदस्य रहेका छन।