सुमन जर्मनी जाँदै

काठमाडौं, चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् ।

अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा स्वछम गुरुङ छन् । टोलीको हवाइ टिकट गोंगबुस्थित सागा एड्भन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली बिहीबार राती ११ बजे टर्किस एयरलाइन्सबाट जर्मनी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।