रातो सलाम !

अखिल क्रान्तिकारी,
युगको चेतना बोकेर आएको
तिम्रो २२ औँ राष्ट्रिय सम्मेलनलाई
रातो सलाम ! रातो सलाम !!

सबैतिर सिनो झैँ गन्हाइरहेको
सडेगलेको दलाल पुंजिवाद
डाकिरहेका छौँ लाखौँ विद्यार्थी
ल्याउन जनताको वैज्ञानिक समाजवाद ।

रगतले सिचिएको तिम्रो ईतिहास
त्याग र समर्पणको तिम्रो आदर्श
क्रान्तिकारी मालेमावादी तिम्रो विचार
झुक्दैनौँ तिमी, झुक्दैनौँ कहिल्यै तिमी ।

थाकेर बसेकाहरुलाई
बाटो बिराउनेहरुलाई
सम्भावनाको गित गाएर
जगाउदैँ, उठाउँदैँ, हिडाउदैँ छौँ तिमी ।

सपना लुटिएका विद्यार्थीहरुका
झरेका सपना आखाँ भरी बटुलेर
विश्वासमा पहिरो रोकेका छौँ
क्रान्तिको किरण बोकेका छौँ ।

कलम र तारा अंकित झण्डा बोकेर
जेल-नेलको घेरा जितेर
युगको चेतना, विवेक र लक्ष्यमा
क्रान्तिको झण्डा फहराई रहेका छौँ ।

शैक्षिक माफियाले शिक्षा बेचेपछि
दलालहरुको तिम्रो सपनालाई थुनेदेखी
तिमिले भोक, निद्रा त्यागेका छौँ ।
आशुको भेल तरेर, बिद्रोहको राको बालेका छौँ ।

स्कुल, कलेज, विश्वविद्यालय
गाउँ, सहर सबैतिर रातो झण्डा, मान्छेको अखिल क्रान्तिकारी
आँखामा आगो बोकेर
वर्ग-वैरिका षड्यन्त्रलाई किचि दिनु पैतलामा

तिमी एक भएर अघि बढ
जुझारु बन, निरन्तर बोल
जितको चेतनाले ज्यान भेरेर बोल
तिम्रो हातमा
समाजवादको भविश्य लेखिएको छ ।
जाग ! अझैँ जाग !!
उठाउँ हात ! समाउ झण्डा
यो गनाउने पुजिवाद अती भो तिमीलाई
अब अती भो मलाई ।

समाजवादको विहानी उदाउने छ ।
स्वागत गर ! शुभकामना !
अखिल क्रान्तिकारी
तिमीलाई रातो सलाम !!