अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल

काठमाडौँ, एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा सुनिता बराल चुनिएकी छन् ।च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको अनेरास्ववियुको सचिवालय बैठकले बराललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

‘ऐन महरले बिदा लिनु भएपछि बराललाई अध्यक्षमा चयन गरेका छौं,’ अनेरास्ववियुका नेता आरसी लामिछानेले भने, ‘औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।’

लामिछाने वरिष्ठ उपाध्यक्ष, मोती विक र यमराज पाण्डे उपाध्यक्ष र समिक बडाल महासचिवमा चयन भएका छन् ।