जनताका गुनासा सांसद शाहीलाई : योजनामा बिचौलिया हावी भए

बिकासे योजनामा भ्रष्टाचार भए मुद्दा दायर गर्नुस् : सांसद शाही

दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य सांसद वीर बहादुर शाहीलाई जनताले योजनाहरूमा बिचौलिया हाबी भएको बताएका छन ।

जगदुल्ला गाउँपालिकाका विभिन्न वडाहरूको अन्तरक्रिया कार्यक्रममा स्थानीयबासीले सरकारका हरेक योजनाहरूमा बिचौलिया हाबी भएको बताएका हुन ।

कार्यक्रममा स्थानीय सिद्भमान बोहराले भने योजनाहरू आएका छन् तर कमिसनमुखि योजना आएका छन । यसलाई नियमन गर्ने निकाय नै छैनन् । त्यस्तै रिमि स्वास्थ्य चौकी प्रमुख ऐन बहादुर बोहराले संघीयताले बिकासको अनुभुती भएको बताए । बिकास र निकास संगसंगै आए पनि यसलाई ब्यवस्थापन गर्न चुनौती रहेको जिकिर गरे । उनले भने बिकास भयो तर बिकासे अनुभुती भएन । 
त्यस्तै स्थानीय दिक्षा बोहराले महिलाहरूलाई स्वरोजगार मुलक तालिमको आवश्यकता भएको बताइन् ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष भिम बहादुर बोहराले स्थानीय निकाय सबै कुराको चेपुवामा परेको बताए । अध्यक्ष बोहराले वडा सरकार जनतासंग प्रत्येक्ष सरोकार राख्ने भएकोले हरेक समास्याको सुक्ष्म समाधान गर्न तत्पर रहेको बताए । कार्यक्रममा  स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो ।

बिकासे योजनामा भ्रष्टाचार भए मुद्दा दायर गर्नुस् : सांसद शाही

कार्यक्रममा स्थानीयका गुनासा संबोधन गर्दै सांसद शाहीले बिकासे योजनामा भ्रष्टाचार भए मुद्दा दायर गर्न जनतालाई सुझाएका छन् । सांसद शाहीले संघियता आइसकेपछि जनताका पिडा जनताले नै संबोधन गर्नुपर्ने बताए । उनले भने अबको सबै फैसला जनता हुन्, जनताले चाहे सबैथोक हुन्छ । देश संघीयताको अभ्यासमा भएकोले केही अप्ठ्याराहरू हुनु स्वभाविक भएको सांसद शाहीको भनाइ थियो ।