दुर्गमका गाउँ-गाउँमा योजना अनुगमन गर्दै प्रदेश सांसद शाही

योजना आयो तर विकास आएन

दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही योजना अनुगमन गर्न गाउँ गाउँ पुगेका छन । प्रदेश मार्फत परेका योजनाहरूका सुक्ष्म अनुगमन गर्न सांसद शाही गाउँ गाउँ पुगेका हुन । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको थल, पहाडा, लिकु, मुं, खालिबन हुदै जगदुल्ला गाउँपालिकाको काइगाउँ, हुरिकोट पुगेको सांसद शाहीले बताए । सांसद शाहीले भने म योजना अनुगमन गर्न यतिबेला जनताको घरदैलोमा पुगेको छु । निरन्तर बेलाबखत जनताको घरआगनमा पुग्ने गरेको छु। जनताका गुनासा सुन्न गाउँ गाउँ पुगेको हुँ उनले भने । सांसद शाहीले स्थानीय निकायको लापरबाहीले योजनाहरू अलपत्र परेको समेत बताए । उनले भने बिकासे योजनामा समेत राजनीति गरिएको रहेछ यो ठिक भयन ।
अब नयाँ ढंगबाट जानुपर्छ भन्ने सोचेको छु। डोल्पाको प्रदेश सभा खको प्रत्येक गाउँ टोलमा पुग्ने योजना रहेको सांसद शाहीले बताए ।

योजना आयो तर विकास आएन

कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही गाउँ गाउँमा योजना अनुगमन गर्न पुग्दा स्थानीयले भने गुनासो गरेका छन् । गाउँ गाउँमा योजना आए पनि बिकास भने हुन नसकेको गुनासो गरेका हुन । त्रिपुरासुन्दरी नगरपालिकाको ८ मुँ मा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयले भने माननीय ज्यु योजना त आयो तर विकास आएन । योजनाहरूमा सहि ढंगले समन्वय नहुदा सार्थकता पाउन नसकेको स्थानीय लालु बुढाले बताए । प्रदेशबाट योजना आएको छ तर त्यसको कार्यान्वयन हुन सकेको छैन यसमा स्थानीय निकायले ध्यान दिनुपर्ने तर दियन राजनीति भयो बुढाको तर्क थियोे ।

त्यस्तै खालीबनका रमेश गुरूङले पनि योजना आएपनि विकास नआएको दुखेसो पोखे । बालुवाको पानी जस्तै कसरी आउँछ कसरी सकिन्छ थाहै नहुने गुरूङको भनाइ थियोे ।