लिम्पिया र गोकर्णलाई उपाधि

काठमाडौं, लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने ।

सामाखुशी स्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित ग¥यो । लिम्यिाको जितमा संगम तामाङले ९ अंक योगदान गरे । लिम्पियाका विवेक यादव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेताले ७ हजार र उपविजेताले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

गल्र्सको उपाधि भिडन्तमा गोकर्णेश्वरले न्यु मिलिनियमलाई १०–९ ले हरायो । गोकर्णेश्वरका विनामणि योञ्जनले ६ स्कोर गरिन् । उनी नै ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिइन् । लिम्पियाले ५ हजार तथा गोकर्णेश्वरले ३ हजार नगद पुरस्कार पाए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नेपाल बास्केटबल संघका फिबा कमिसनर दुर्गाबहादुर थापा, आयोजक स्कलर्सका प्रिन्सिपल सूर्यप्रसाद पण्डित, विद्यालय व्यवस्थापनका अध्यक्ष श्यामराज पण्डितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा ब्वाइजतर्फ २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउट आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ९ टिम सहभागी थिए ।