एमसिसी परियोजना खारेजीको माग गर्दै बाँकेमा प्रद्धशन

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले एमसिसी परियोजना खारेजीको माग गर्दै शुक्रबार बाँकेका विभिन्न ठाउँमा बिरोध प्रद्धशन गरेको छ ।

एमसिसी परियोजना राष्ट्रको हित बिपरित भएको भन्दै नेपालगन्जको पिपिचोक, बैजनाथ गाउँपालिकाको नौलापुरमा विरोध प्रद्धशन गरेको छ ।

बैजनाथमा भएको विरोध प्रद्धशनमा विद्यार्थी नेता प्रकाश शर्मा, अनेमसंघ क्रान्तिकारी बाँकेकी अध्यक्ष कल्पना रोकाय लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमना बोल्दै नेकपा बैजनाथ एरिया कमिटी इन्चार्ज राकेश दाहालले एमसिसी परियोजना नेपालको राष्ट्रिय स्वाधीनता माथिको ठाडो हस्तक्षेव भएको बताएका छन । उनले एमसिसी परियोजना कुनै पनि हालतमा पास नगर्न समेत सरकारलाई चेतावनी दिएका छन् ।

त्यस्तै नेपालगन्जको बिपिचोकमा भएको कार्यक्रममा नेकपा नेपालगन्ज उपमहानगरपालिका एरिया कमिटी सेक्रेटरी डिल्ली क्षेत्री, डुडुवा एरिया कमिटी इन्चार्ज धर्मराज बढुवाल लगायतले सम्बोधन गरेका थिए ।

सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्ने षड्यन्त्र गरेर राष्ट्रियता माथि घात पुर्याएको भन्दैँ नेकपाले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।  २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा आयोजना गरिने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।