कोहलपुर नगरपालिकाद्वारा विद्यालयलाई कम्प्युटर वितरण

नेपालगन्ज, बाँकेको कोहलपुर नगरपालिका भित्र सन्चलित आधारभुत तहका विद्यालयहरूलाई नगरपालिकाले कम्प्युटर उपलब्ध गराएको छ ।नगरपालिकाले नगर भित्र आधारभूत तह कक्षा १ देखी ८ सम्म संचालित १२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको हो ।

कोहलपुर नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरूलाई प्रबिधि संग जोड्ने उदेश्य अनुरूप आवस्यत्ताका आधारमा कम्प्युटर र प्रिन्टर उपलब्ध गराईएको जनताएको छ । जसबाट विद्यालयको शैक्षिक तथा प्रशासनिक कामकाजमा पनि सहजता पुग्ने बताईएको छ ।