उपत्यकामा निषेधाज्ञा खुकुलो

केही स्थानमा ट्राफिक जाम

काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ ।

जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बर ९नम्बर प्लेटको अन्तिम अक्षर०का सवारी साधन चल्नेछन् । ट्याक्सीलाई पनि जोरबिजारमा सञ्चालन गर्न दिइएको छ ।तर सार्वजनिक सवारी साधन भने अझै सञ्चालमा आएका छैनन् ।

अहिले सन्चालनमा आएका गाडीहरुलाई पनि प्रहरीले बिभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । चेकिङ पोष्ट नजिक रोकिनुपर्दा केहीबेर सवारी साधनहरुको जाम हुने गरेको छ ।