मेलम्चीको बाढीले बगायो हेलम्बु प्रहरी कार्यालय,वडा कार्यालय र विद्यालय

काठमाडौं,सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीले बगाएको छ।

शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले तीन वटै भवन बगाएको हो। तर, मानवीय क्षति भने भएको छैन।बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो तीन तले भवन छोडिसकेको थियो । भवनमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । भवन पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो।

यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन पनि बाढीले बगाएको छ। वडा कार्यालय पनि बगाएको बताइएको छ । असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले सिन्धुपाल्चोक तहसनहस बनाएको छ।