(ACCA)नेपाल स्कान्डल कलेजको लापरबाही

परिक्षा अगावै प्रश्नपत्र आउट गरेको आशंका

काठमाडौं,(ACCA) नेपाल स्कान्डल कलेजले परिक्षामा चरम लापर्बाही गरेको खुलाशा भएको छ। परिक्षा हुन अगावै प्रश्नपत्र आउट गराएर परिक्षार्थि उतिर्ण गराएको खुल्न आएको हो।(CA) लेबलको जनशक्ति उत्पादन गर्दै आएको ACCA Nepal scandal कलेजका नेपालमा पाँच वटा शाखा सन्चालनमा रहेका छन।

The british college,NCA college of management,CCA college of Accountancy,Seed financial academy लगायतका कलेज सन्चालनमा रहेका छन।(ACCA) अध्ययन गर्न तिन लेबलको कोर्स पढ्नुपर्ने प्राबधान रहेको छ।परिक्षा हलमा परिक्षार्थिलाई मोबाईल,किताब तथा अन्य सहयोगि सामाग्री लिन दिने गरेको र अध्यापन गराउने सिक्षकहरुले नै प्रश्नको उत्तर भनेर सघाउदै आएको एक स्रोतले बताएको छ।

स्रोतका अनुसार बिश्वभरी(ACCA) कोर्स अध्ययन गर्ने बिद्यार्थी थोरै मात्र उतिर्ण हुने गरेको तर नेपालमा भने शत प्रतिशत परिक्षार्थि उतिर्ण गराउदा अचम्म लागेको थियो।पछि बिस्तारै बुझ्दै जादा शिक्षकहरु प्रायजसो कलेजभन्दा बाहिर रहने तर परिक्षाको समयमा प्रश्न पत्र सामाजिक सन्जाल मार्फत परिक्षार्थी कहाँ पुर्याएर पास गराउने गरेको बताए।

कलेजको लापरबाहीका कारण सो विषयमा अध्ययन गरीरहेका बिध्यार्थिको भबिस्यमाथी नै खेलबाड भएको देखिन्छ।उनिहरुले सिक्नुपर्ने शिक्षा ब्यबहारीक रूपमा सिक्न नपाईरहेको अबस्था रहेको छ। साे बिषयमा सम्बन्धित सरोकार वालाको ध्यान जान जरुरी देखिन्छ।

याे पनि पढ्नुहाेस्