सुर्खेतमा २ अर्व ५० करोड लगानीमा रंगशाला बन्दै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २ अर्व ५० करोडको लगानीमा रंगशाला निर्माण हुन लागेको छ। मंगलवार कर्णाली प्रदेश सभाको आठौँ अधिवेशनमा वोल्दै मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले यस्तो वताएका हुन्।

मुख्यमंन्त्री शाहीका अनुसार संघिय सरकार र प्रदेश सरकारको लगानीमा बन्ने रंगशाला निर्माणको अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिए। दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलमैदान तथा भौतिक संरचना निर्माण गर्नुपर्ने चुनौती रहेकोले कर्णालीवासीको महत्वपुर्ण भुमिका रहने बताए।खेल र खेलाडीलाई उच्च सम्मान गर्दै कर्णाली सरकारले खेलकुदको क्षेत्रमा वजेट ल्याउन लागेको समेत बताए।

आसन्न दशौँ राष्ट्रिय खेलकुदको आयोजना कर्णाली प्रदेशको जिम्मामा रहेकोले चुनौतीको विषय वनेको छ ।हाल प्रदेशमा रहेको रंगशालाको अवस्था भने दयनिय रहेको छ।