कर्णाली प्रदेशः नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

नेपाल पक्षका ज्वाला मात्र सहभागी

सुर्खेत,कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको बसेको बैठकले संसदमा पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद प्रकाश ज्वाला सहभागी रहेका थिए।

संसद बैठकमा ज्वाला पनि उपस्थिति हुने र विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको एक सांसदले बताए । उनका अनुसार संसदमा प्रदेश सभाले तयार पारेको विपक्ष कक्षमै ज्वाला बस्नेछन् ।प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । एमालले भने सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

सरकार निर्माणका बारेमा छलफल भए वा नभएबारे प्रमुख सचेतक शाहले केही खुलाउन चाहेनन् ।बैठकमा माधव नेपाल पक्षका ज्वाला वाहेक अरु सांसद सहभागी भएका थिएनन् ।