कर्णालीः एमाले संसदीय दलको बैठक शुरू

सांसद ज्वाला पनि सहभागी

सुर्खेत,कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ । बैठक बिहान ८ बजे बस्ने भनिएकोमा समूहगत छलफलका कारणले ढिला भएको हो।

बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी छन्। नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार सांसदको पुनर्वहालीले सदनमा एमाले सांसदको संख्या २० पुगेको छ । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन्।

बैठकले सरकारको नीति तथा कार्यक्रमबारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।