बाँकेमा असार ७ गते सम्मका लागी निषेधाज्ञा जारी

नेपालगञ्ज, बाँकेमा निषेधाज्ञा पुन एक हप्ताको लागि लम्बाईएको छ । कोरोना कहरबाट जोगिन गत बैशाख १३ बाट जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थप सात दिन लम्ब्याईएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै संक्रमणको जोखिम अझै कायम रहेका जनाउदै यसको रोकथाम र नियन्त्रणका लागि आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

केहीदिन यता संक्रमणको दर घटेको भन्दै निषेधाज्ञा हटाउन माग गरिरहेको बेलामा प्रशासनले सोमबार जारी गरेको सूचनामा यसपटक भने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाईने गरी खुकुलो परिएको जनाएको छ ।

त्यस्तै रेष्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेक अवे सेवा सञ्चालन गर्न पाइने छ । प्रशासनका अनुसार विवाह, ब्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी भई गर्न पाईने जनाएको छ ।

यस्तो छ सुचना