पूर्व अध्यक्ष जोशीको निधनमा बुद्धिचाल संघको समवेदना

काठमाडौँ,नेपाल बुद्धिचाल संघले पूर्व अध्यक्ष राजेशहरि जोशीको निधनमा गहिरो समवेदना ब्यक्त गरेको छ। सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो।६५ बर्षे जोशीको आईतबार हृदयघातका कारण ललितपुरमा निधन भएको हो । हृदयघातका कारण ललितपुरस्थित बि।एण्ड बि। अस्पताल पु¥याउँदा चिकित्सकले साँझ ७ बजे मृत्यु घोषणा गरेको महासचिव हेराकाजी महर्जनले जनाएका छन्।

नेपालमा बुद्धिचाल खेलको बिकास र विस्तारमा जोशीको ठुलो योगदान रहेको संघले जनाएको छ। उनको ८ बर्षे कार्यकाल नेपालको बुद्धिचाल खेल बिकास र विस्तारको लागि कोशे ढुङ्गको रुपमा रहेको खेलाडीहरुले लिने गरेको बिज्ञप्तीमा जनाईएको छ । उनकै नेतृत्व रहेको अवस्थामा नेपालले पहिलो फिडे मास्टर मनिष हमाल र अन्तराष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजु उत्पादन गरेको थियो । उनको कार्यकाल अगाडी नेपालमा रेटेड खेलाडीहरु ९, १० जना मात्र रहेकोमा नेपालमानै रेटिङ्ग प्रतियोगिताहरु संचालन भए पश्चात ६०० को हाराहारीमा पुगेको थियो । जोशीले बुद्धिचाल खेललाई अन्तराष्ट्रिय जगतमा स्थापित गर्न ठुलो योगदान गरे । जसका कारण नेपालको बिश्व जगतमा पनि प्रतिष्ठामा बृद्धि हुन पुग्यो । सन् २०१४ मा नर्वेमा सम्पन्न फिडे काँगे्रसबाट बिश्व बुद्धिचाल महासंघको कार्य समिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भए।

यस्तै २०१८ मा जर्जियाको बतुमीमा भएको काँग्रेसबाट दोश्रो कार्यकालको लागि पुनः अनुशासन आयोगमा निर्वाचित भए । यस्तै जोशीले सन् २०१४ देखि २०१७ सम्म नेपाल, बंगलादेश, भुटान, मालदिप्स, पाकिस्तान र श्रीलङ्का सम्मिलित एशियन जोनल ३।२ को अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका थिए । जोशी नेपालको खेल ईतिहासमा अन्तराष्ट्रिय सर्वोच्च पदमा पुग्ने पहिलो ब्यक्ति रहेको संघको दावी छ।जोशीको कार्यकालमा सन् २०१० मा रशिया, फ्रान्स, स्लोभानिया, भारत, युक्रेनका ग्रान्ड मास्टर्स सहभागिता रहेको अन्तराष्ट्रिय ग्राण्ड मास्टर प्रतियोगिता, एशियन जोनल ३।२ प्रतियोगिता दुई पटक र साउथ एशियन प्रतियोगिता महत्वपूर्ण प्रतियोगिता भएको थियो।

जोशीको नेतृत्व अगाडी नेपाली चेल खेलको प्राविधिक पक्ष शुन्य प्राय रहेको अवस्थामा उनको अन्तराष्ट्रिय सम्वन्ध र सक्रियताका कारण अहिले नेपालमा १० जना अन्तराष्ट्रिय आर्विटर, २० जना फिडे आर्विटर, ५० भन्दा बढि राष्ट्रिय आर्विटर र ५० जना प्रशिक्षकहरु रहेको महासचिव हेराकाजी महर्जनद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ।२०१३ साल बैशाखमा जन्मिएका स्व। जोशीका श्रीमती, एक छोरा, एक छोरी र पिता, माता रहेका छन् । सहकारी अभियन्ताको रुपमा समेत परिचित जोशिको निधनले नेपाली खेल जगतका साथै बुद्धिचाल खेलले अपुरणिय क्षती ब्यहोरेको बिज्ञप्तीमा जनाईएको छ । जोशीको मंगलबार अन्त्यष्टि हुने महासचिव महर्जनले बताएका छन् ।