गाँजा फुकुवा गर्न कर्णालीका युवाको माग

सुर्खेत,लागुऔषधको रुपमा प्रयोग गरिने गाँजा बहुउपयोगी औषधीको रुपमा प्रयोग गर्न सकिने भन्दै युवाहरु देशभर “गाँजा सचेतना अभियान“ नामक अभियानले सामाजिक सञ्जाल तताएका छन्।संघीय संसद्मा १९ फागुनमा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले निजी विधेयकका रूपमा गाँजालाई प्रवेश गराएपछी देशभर गाँजा फुकुवाका लागि संगठित प्रयास भइरहेका छन् । गाँजालाई लागुऔषधको सूचिबाट हटाई नेपाललाई आर्थिक समृद्धिको बाटोमा लौजन गाँजाको वैद्यानिकरुमा खेति गर्न पाउनु पर्ने माग उनिहरुको रहेको छ।

बहुमुखी वनस्पति गाँजा वैद्यानिकरुपमै कृषकलाई खेति गर्न दिई किसानलाई करको दायरामा राखी उत्पादनमुलक काम सुरु गर्नुपर्ने कर्णाली का युवा सामाजिक सञ्जाल एडमिन बिरेन्द्र आचार्य बताउँछन्। जसले गर्दा राज्यले पूँजिको लागि हात थाप्नु नपर्ने उनको तर्क छ।उनि भन्छन् गाँजा बहुउपयोगि वनस्पति हो, यसबाट विभिन्न उत्पादनहरु जस्तै धागो, कपडा, जुस तथा धेरै प्रकारका औषधिहरु स्वदेशमै उत्पादन गर्न सकिन्छ।नेपालको करीब दुई तिहाई जनसंख्याको जिबिकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा नेपाल कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । तीनै तहका सरकारको बजेटमा कृषि उच्च प्राथमिकतामै पर्छ तर वैज्ञानिक कृषि प्रणालीको अभाव र सरकारको कृषि नीति गतिलो नहुँदा बजेटमा समावेश गरिएका योजना तथा कार्यक्रम कागजमै सिमित हुने परिपाटीको अन्त्य हुन नसक्नुले नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेको आचार्यको बुझाई छ।

हरेक बर्ष कृषिका लागि आउने लाखौं बजेट पहुँचको आधारमा वितरण हुँदा वास्तविक किसान ओझेलमा छन् । जमिनमा स्वामित्व हुनेहरु कृषिमा लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन्, भने जमिन नहुनेहरु अरुको जमिनमा खेती गरी उत्पादनको दुई तिहाई जग्गा धनीलाई बुझाउन बाध्य छन्। सिंचाई छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ छैन, मल छैन, प्रविधि सिकाउने प्राविधिक छैनन्, बेच्ने बजारसमेत नहुँदा बास्तविक किसान मर्कामा परेको आचार्यको गुनासो छ।धान, गहुँ, मैकै जस्ता परम्परागत खेतिले किसानलाई खान त पुगेको छ।

परम्परागत कृषि पणरली अपनाउने प्राय किसानका बालीहरु नगदे बाली बन्न नसकिरहेको बेला नगदेवालीको रुपमा नेपाली किसानहरुले गाँजा खेती गर्र्न किन नपाउने रु भन्ने आवाज पछिल्लो समय कर्णालीका युवाहरुले पनि उठाउन थालेका छन् । नेपाली किसानहरुको मुख्य समस्याहरु परम्परागत बालिनालीबाट उत्पादन कम, सिंचाईको अभाव, उत्पादित वस्तुले बजार भाउ नपाउँने जस्ता समस्याबाट मुक्ति पाउन गाँजा खेतीले सहयोग गर्ने उनीहरुको तर्क छ।गाँजा नेपालको रैथाने वनस्पती भएका कारण नेपालका सबै भुभाग हिमाल, पहाड, तराईमा सजिलै हुर्क्न सक्ने बाली भएको भन्दै यसलाई अरु बाली जसरी सिंचाईको अभाव नहुने, बहुउपयोगी र बहु आय बाली भएकाले पनि यसको हरेक भागबाट आम्दानी लिन सकिने एडमिन आचार्य बताउँछन। तर नेपालमा गाँजालाई आगुऔषधको रुपमा सुचिकृत गरिएको छ।

यसको खेती तथा बेचबिखनमा सरकारले रोक लगाएको छ। तर अहिले गाँजामा किन प्रतिवन्ध लगाइएको हो ? अज्ञानताले रु भ्रष्टाचारले ? कि अन्यायले । भन्ने आवाज उठ्न थालेको छ ।जनचेतनाको कमिले गाँजाप्रतिको नकरात्मक दृष्टिकोण परिवर्तन गरी यसको उत्पादन तथा संरक्षणमा सबैले चासो दिए लाखौ नेपालीहरुलाई विदेशिनबाट रोक्न सकिने आचार्य दावी गर्छन। औषधी तथा कपडामा बाहिरिने करौडौ रकम गाँजा खेतिबाट रोक्न सकिने भन्दै यसले मुलुक समृद्ध हुन समय नलाग्ने उनको तर्क छ ।