जनमोर्चा सांसद थापाविरुद्धको मुद्दा इजलासमा

काठमाडौँ,गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेजीको माग दर्ता भएको पुनरावलोकन निवेदन (भ्याकेट) आज पेशीमा चढेको छ।

थापाको भ्याकेट निवेदनमा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ। यसअघि जेठ २७ गते नै निवेदन पेशीमा चढे पनि सुनुवाइको पालो आएको थिएन । पार्टीको ह्विप नमानेको आरोपमा सांसद थापा पार्टीको कारबाहीमा परेका थिए ।

यसअघि न्यायाधीश कुमार चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो तर, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले भ्याकेट निवेदन हालेका थिए ।