कालिकोटमा विप्लव नेकपाको स्वास्थ्य शिविर

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले कालिकोटको माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माका अनुसार ९ जनामा एन्टिजिन पोजेटिभ देखिएको छ । उनका अनुसार ३ सय बढी कोरोनाका बिरामीलाई अक्सिजन सहितको उपचार र औषधिको व्यवस्था पनि गरिएको छ ।

स्वास्थ्य शिविर २७ र २८ जेठमा सञ्चालन भएको थियो । माल्कोट विप्लव नेतृत्वको नेकपाको आधार क्षेत्र मानिन्छ ।