विपक्षी गठबन्धनका सांसदहरु गण्डकी प्रदेश प्रमुखको कार्यालयमा

पोखरा,मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका छन्।

गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आपत्ति जनाएका छन् ।