कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाइदै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पताललाई अव कर्णाली प्रदेश सरकारले शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने भएको छ।

सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले बताए।

उनले कोरोना महामारीमा नागरिकहरुको जीवन रक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्।