कोरोना राहत कोषलाई कर्मचारी र शिक्षक संगठनहरुले गरे सहयोग

नेपालगन्ज, नेकपा (माओबादी केन्द्र)ले सन्चालनमा लयाएको कोरोना राहत कोषलाई नेपाल राष्ट्रिय कर्मचारी महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले सहयोग गरेका छन ।

नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको राहत कोषमा भिभिन्न व्यक्ती, संगठन र संघ संस्थाहरूले निरन्तर सहयोग गरिरहेका छन । शुक्रबार कर्मचारी संगठनहरूले ५० बोरा चामल र शिक्षक संगठनले १० बोरा चामल सहयोग गरेका हुन ।कोरोना महामारीमा समस्यामा परेका नागरिकहरूको सहयोगको लागी सन्चालन गरेको राहत कोषमा महासंघको तर्फबाट अध्यक्ष पवनदेव अर्याल, उपाध्यक्ष हरी थापा, सचिब चेत बहादुर केसी र निजामती कर्मचारी संगठनको तर्फबाट अध्यक्ष हरी प्रसाद पाण्डे, सदस्य नवराज अधिकारी, त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनको तर्फबाट संगठनकी लुम्बिनी प्रदेश उपाध्यक्ष गणेसा कार्की र जिल्ला सदस्य मेनका बमद्वारा नगर भित्रका शिक्षकहरुको तर्फबाट माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य अक्कल बहादुर बम, नवीन शर्मा र पार्टीका नेपालगन्ज उपमहानगर अध्यक्ष डिल्ली बराललाई उक्त सहयोग हस्तान्तनरण गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको राहत कोषमा भिभिन्न व्यक्ती, संगठन र संघ संस्थाहरूले निरन्तर सहयोग गरिरहेका छन । उक्त सहयोगबाट उपमहानगरपालिका अन्तर्गतक वडाहरूमा बसोबास गर्ने विपन्न परिवारलाई राहत वितरण गरिरहेको बताइएको छ ।