जुम्लाको सिंजामा आगलागी

जुम्ला,जुम्लाको सिंजा गाउँपालिका–३ धिताललिहीका मनप्रसाद धितालको घरमा आगलागी भएको छ। शुक्रबार साँझ धिताललिहीको सेरा बजारमा रहेको धितालको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १३ कोठे घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

धितालले पाँच कोठाका केही काठका ठुटा र ढुङ्गा मात्रै बाँकी रहेको बताए। आगलागीबाट एक लाख रुपैयाँ नगद, गरगहना,लत्ताकपडा,अन्न सबै जलेको उनको भनाइ रहेको छ। त्यसै,उक्त घरमा भाडामा बस्ने तीन परिवारको अन्नपात।, लुगा र नगद जलेको छ।

धितालको घरमा लागेको आगो स्थानिय, जनप्रतिनिधि, नराकोट प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।